देउसी–भैलो चौबिसै घण्टा खेल्न पाइने

बैतडी–तिहारको समयमा खेलिने परम्परागत तथा मौलिक देउसी–भैलो चौबिसै घण्टा खेल्न पाइने भएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार बैतडीमा पनि देउसी–भैलो चौबिसै घण्टा खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि प्रशासनले राति १० बजेसम्म मात्रै देउसी –भैलो खेल्न पाइने सूचना जारी गरेको छ । 

मौलिक र परम्परागत देउसी–भैलो मार्यादित र अनुशासित तरीकाले अब चौबिसै घण्टा खेल्न पाइने प्रशासन कार्यालयले जनाएको छ । देउसी–भैलो खेल्दा अरुलाई असर नपर्ने गरेर खेल्न आग्रह गरिएको छ । 

यस्तै देउसी–भैलो खेल्दा होहल्ला गर्ने, झैझगडा गर्ने , सार्वजनिक शान्तिमा खलल पुर्याउने, मादक पदार्थ सेवन गरेर देउसी–भैलो खेल्ने लगायतका कार्य नगर्न प्रशासनले सचेत गराएको छ । देउसी भैलो खेल्ने क्रममा ध्वनी प्रदूषण हुने गरेर माइक, डिजे लगायतका सामग्री नबजाउन आग्रह गरिएको छ । 

देउसी –भैलो खेल्दा सडक, चोक तथा सार्वजनिक स्थानमा सवारी आवागमन एवं पैदलयात्रीलाई बाधा पुग्ने गरि कार्यक्रम सञ्चालन नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update