Sagun Khabar
बालसुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते

बाँके –बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए ।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

थुनुवाका बीचमा झगडा हुँदा बाल सुधारगृहमा तोडफोड र आगजनी गर्नुका साथै हानाहान भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । बाल सुधारगृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीका अनुसार, बाल सुधार गृहमा २ सय ५४ जना थुुनुवा छन् । त्यसमध्येमा कति फरार भए यकिन हुन सकेको छैन् । बिहानसम्म प्रहरी बाल सुधारगृहभित्र जान सकेको छैन् । थुनुवाहरु हातमा शिशा समातेर बसेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update