Sagun Khabar
बाजुरामा मिनी ट्रक दुर्घटना : तीन जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्मामा मिनी ट्रक दुर्घटनामा परेको हो । 

सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ ।

दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन् । यस्तै सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का करिब १८ वर्षीय अर्जुन विक र जाजरकोटका  करिब २२ वर्षीय मोहन घर्तीमगर पनि घाइते भएका छन् । प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update