बैतडीको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा, सुवेदी आउँदै

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनराज जोशीको सरुवा भएको छ । 

भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीको दाङको लमही नगरपालिकामा सरुवा गरेको हो । जोशीको ठाउँमा पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई खटाएको मन्त्रालयले जनाएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सुवेदीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update