Sagun Khabar
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना, दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

सल्यान –सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । एक जना घाइते भएका छन् ।

रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय चालक भक्तबहादुर घर्ति र गाडी साहु ५० वर्षीय गणेश बुढा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते तुलसीपुर उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय नारायण योगीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  जिप दुर्घटनाको कारण खुल्न बाँकी छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update