Sagun Khabar
बाजुरामा भाइरल ज्वरोले दुई जनाको ज्यान गयो 

बाजुरा- बाजुरामा भाइरल ज्वरोको प्रकोपले दुई जनाको ज्यान गएको छ। जिल्लाको खप्तडछेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरो कारणले दुई जनाको ज्यान गएको हो।

भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको र दुई जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले जानकारी दिए। मृत्यु हुनेमा ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन्। बुढाको चार दिन पहिला र शाहीको आइतवार राति मृत्यु भएको हो।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन्। भाइरल ज्वरोले पूरै गाउँनै प्रभावित रहेको स्थानीय गणेश बहादुर शाहीले वताए। गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले वताए।

खप्तडछेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि सहितको टोलि पठाउन लागेको चन्दको भनाइ छ। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतका अनुसार स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा गइसकेका छन्।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update