Sagun Khabar
दुर्गममा उत्तम सेवा दिँदै पञ्चेश्वर स्वास्थ्यचौकी ,जहाँ बिरामी आउँदा साइरन बज्छ 

बैतडी –बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्य संस्थामा सेवाग्राही आउँदा ‘साइरन’बज्ने व्यवस्था गरेको छ । जिल्लाको दुर्गममा रहेको स्वास्थ्यचौकीले नागरिकहरुलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि यस्तो व्यवस्था गरेको हो । 

स्वास्थ्यचौकी इन्चार्ज सुरेश सार्कीले आफ्नो व्यक्तिगत लगानिमा स्वास्थ्यचौकीमा साइरन जडान गरेका हुन् । स्वास्थ्यचौकीमा चारै कुनामा क्यामेरा राखिएको र स्वास्थ्यचौकीमा सेवाग्राही आउँदा साइरन बज्ने गरेको उनले बताए । २६ हजारको लगानिमा साइरनसहित सीसी क्यामेरा जडान गरिएको इन्चार्ज सार्कीले बताए । उनले भने ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित हामी लागि परेका छौं । मैंले व्यक्तिगत रुपमा २६ हजार लगानि गरेर साइरन बज्ने सिस्टम बनाएको छु ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सेवाग्राहीलाई स्वास्थ्य संस्थाभित्र छिर्ने बित्तिकै आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर साइरन जडान गरिएको स्वास्थ्यचौकी इन्चार्ज सार्कीले बताए । 

यस्तै पञ्चेश्वर स्वास्थ्यचौकीले बालबालिकाहरु खोपबाट वञ्चित नहोउन भन्नका लागि सबै बालबालिकाहरुको तथ्यांक राखेको छ । खोप लगाउने उमेर समूहका बालबालिकाहरुको तथ्यांकका आधारमा उनीहरुको अभिभावक र महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा एसएमएस जाने सिस्टम बनाइएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

पञ्चेश्वर स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्रका स्वास्थ्य आमा समूहलाई सक्रिय बनाउनका लागि स्वास्थ्यकर्मीहरुको सहभागिता रहने गरेको सार्कीले बताए । उनले भने ‘कतिपय ठाउँमा म आँफै जान्छु । जहाँ स्वास्थ्य आमा समूहको बैठक बस्छ त्यहाँ स्वास्थ्यकर्मी अनिवार्य गरेका छौं ।’

पञ्चेश्वर स्वास्थ्यचौकीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि नौलो अभ्यास गरेको भन्दै स्वास्थ्य कार्यालयले इञ्चार्ज सार्कीले पुरस्कृत र सम्मानित समेत गरेको छ । स्वास्थ्य संस्थामा साइरन जोडेको, बन्द रहेको प्रसुती सेवा चौबिसै घण्टा सञ्चालन गरेको, स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड पालिकाभरीको उत्कृष्ट स्वास्थ्य संस्था बनाएको, सम्बन्धित निकायसंगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेकाले पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
Suresh1695702342.jpg

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update