Sagun Khabar
बाजुरामा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार 

बाजुरा – बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

आज साढे ९ बजेतिर विच्छ्याँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव भएपछि उनलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको  हिमाली गाउँपालिकाको विच्छ्याँ स्वास्थ्यचौकीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

हेलिकप्टरमार्फत उद्धार गरिएकी रोकायाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update