बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट
बाजुरा –बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
जिल्लाको त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरमा आगलागी भएको हो ।
आगलागीबाट नन्दुको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा राखिएका अन्नपात, लत्ताकपडा र धनमाल जलेर नष्ट भएको नेपालीले बताए ।
यस्तै, बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरको भान्सामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भान्सामा राखिएका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएका छन् ।
दुवै घटनामा भएको क्षतिको विस्तृत विवरण र आगलागीको कारणबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३ १३:३४
प्रतिक्रिया दिनुहोस्




