Sagun Khabar
नेपालमा एक सय भारतीय रुपैयाँ भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।

प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा  अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन÷लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको सटही सुविधा मनीचेन्जरबाट पनि लिन सक्ने छन् । कारोबारका अन्य माध्यम जस्तैः ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानीलगायतमा यो सीमा लागू नहुने पनि राष्ट्र पनि बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update