Sagun Khabar
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

उहाँलाई चीनकाे सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गर्नुभयाे । 

उहाँ आठ दिने चीन भ्रमणका लागि न्युयाेर्कबाट सिधै चीन जानुभएको थियो । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको हाे । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता  गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update