Sagun Khabar
ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु

धादिङमा- ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ।काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख  ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्।धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

स्वास्थ्य सन्देश
Atrya hospital

 

ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update