Sagun Khabar
सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै - कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिए  ।

उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update