Sagun Khabar
भायानेटको ‘चाडमा चौका’अफर 

बैतडी – इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ । महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले ‘चाडमा चौका’ अफर ल्याएको हो । 

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको आठ हजार चार सयमा १२५ एकबीपीएस इन्टरनेटको सेवा प्राप्त गर्नेछन् । यस्तै, भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको भायानेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए । 

भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ । वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुने बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन् । चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन् । दसैँको समयमा यी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । 

नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक आठ हजार चार सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा समेत गरेको छ । 

यस्ता छन् पाइने छुट :

– अल्टिमा वायरलेस इयरबड्स : भ्याटसहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ ।

–हिमस्टार ४३ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य रु. २७,५०० सम्ममा उपलब्ध छ ।

– हिमस्टार ५५ इन्च स्मार्ट टिभी ः भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ ।

– हिमस्टार रेफ्रिजरेटर : भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ ।

– हिमस्टार वाशिङ मेसिन : भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update