Sagun Khabar
युवराज सिंहको कीर्तिमान तोडेका दीपेन्द्र सहायक हवल्दारमा बढुवा
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाएर दुर्लभ कीर्तिमान बनाएका दीपेन्द्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । दीपेन्द्रको कीर्तिमानको प्रशंसा गर्दै उनलाई विशेष बढुवा गरेको प्रहरीले जनाएको छ । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आबद्ध रहेका छन् ।

१९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गोलियासँगको खेलमा दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक बनाएका थिए । उनले यो कीर्तिमान बनाउने क्रममा भारतका पूर्वक्रिकेटर युवराज सिंहले १२ बलमा बनाएको कीर्तिमान तोडेका थिए ।
मङ्गोलियासँगको खेलमा दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर पनि बनेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update