Sagun Khabar
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले खोड्पेमा नेता कार्यकर्तासंग गरे छलफल 

बैतडी –नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले बैतडीको खोड्पेमा पार्टीका नेता कार्यकर्ताहरुसंग भेटघाट तथा छलफल गरेका छन् । 

भूकम्प पीडितहरुको अवस्था बुझ्नका लागि बझाङ जाने क्रममा शनिबार बैतडीको खोड्पेमा महासचिव विप्लवले पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल गरेको नेपाल कम्युनिष्ट पार्टीका बैतडी सेक्रेटरी श्याम भट्टले बताए । उनले भने ‘महासचिवज्यू बझाङ जानका लागि आउनु भएको हो । खोड्पेमा समान्य भेटघाट तथा छलफल भएको छ ।’

यस्तै महासचिव विप्लवसंग पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिका वडा नं ९ का अध्यक्ष कालुसिंह भाट लगायतका जनप्रतिनिधिहरुले पनि भेटघाट गरेका छन् । भेटका क्रममा विभिन्न समसामयिक बिषयमा छलफल भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बिष्टले बताए । 

यही असोज २९ गते समाजवादी मोर्चाको धनगढीमा हुने सभाका लागि विप्लव सुदूरपश्चिम आएको बुझिएको छ । उनी बझाङपछि धनगढी जाने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update