Sagun Khabar
हिमालयप्रसाद अवस्थी स्मृति छात्रवृति यो बर्ष ८ जना विद्यार्थीलाई दिइने 

बैतडी –स्वर्गीय हिमालयप्रसाद अवस्थी स्मृति गरीब तथा जेहेन्दार छात्रवृति यो बर्ष ८ जना छात्रछात्राहरुलाई वितरण गरिने भएको छ । 

बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधारस्थित सिद्धनाथ आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिने स्वर्गीय हिमालयप्रसाद अवस्थीका बुवा नारद अवस्थीले बताए । कक्षा १ देखि ८ सम्मका छात्रछात्राहरुमध्ये प्रति कक्षा एकजनाका दरले छात्रवृति दिइने बताइएको छ । 

Atrya hospital

स्वर्गीय अवस्थीको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको र सोही कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष छात्रवृति दिने गरिएको उनले बताए । 

यो बर्ष हिमालयप्रसाद अवस्थीको ८ औं बार्षिक पूण्यतिथीको अवसरमा छात्रवृति प्रदान गर्ने निर्णय भएको र केही दिनभित्रै विद्यालयका बालबालिकाहरुलाई छात्रवृतिको रकम प्रदान गरिने बताइएको छ । 

बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत घर भएका हिमालयप्रसाद अवस्थीको अध्ययनकै सिलसिलामा ८ बर्ष अघि कलिलो उमेरमा निधन भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update