Sagun Khabar
ट्याक्टर दुर्घटना हुँदा  एक जनाको मृत्यु

बाजुरा-  बाजुरामा ट्याक्टर दुर्घटना भएको छ। सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्ग अन्तर्गत जिल्लाको बडीमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update