Sagun Khabar
शौचालय गएका कैदि फरार भएपछि...

चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचकाे लागि लगिएको अवस्थामा शाैचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार रहेको पुष्टी गरे। उनले फरार कैदीको खोजी कार्य तीब्र पारीएको जानकारी दिए। हिरासतमा राखिएका कैदीलाई क्षयरोगकाे शंका गरेपछि खकार परिक्षणका लागि प्रतिष्ठानमा लगिएको थियाे।

पाँच जना सुरक्षाकर्मीसहित अस्पताल लगिएका कैदी भागेपछि उनकाे खाेजी तीब्र पारिएको र अहिलेसम्म फेला पर्न सकेका छैनन्। प्रहरीले चोरी अभियोगमा ती व्यक्तिलाई अस्ति साझ नियन्त्रणमा लिएको थियाे।

 
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update