Sagun Khabar
बाजुरामा अटो दुर्घटना हुँदा ५ जना घाइते

 बाजुरा –बाजुरामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सदरमुकाम मार्तडीदेखि जडागा तर्फजाँदै गरेको सुप प्र ०१००१ स ७४५२ नम्बरको अटो  जिल्ला अस्पतालको मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अटोमा सवार ६ जना मध्ये ५ जना घाइते भएका र ती मध्ये ३ को अवस्था सामान्य रहेको प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनकी छोरी १० वर्षकी सृष्टी कटुवाल, २४ वर्षकी राधिका बोहरा थापा, उनका छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन् । 

घाइते पाँचै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update