Sagun Khabar
बल्खुमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –दुर्गा प्रसाईं समर्थक र एमाले कार्यकर्ताबीच बल्खुमा ढुंगा हानाहान भएको छ । युवा संघका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा ढुंगा हानाहान भएको हो । 

प्रशासनले दुर्गा प्रसाईंको समूहलाई बल्खु र युवा संघलाई कोटेश्वर तीनकुने क्षेत्र तोकेको छ । प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ । सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update