Sagun Khabar
इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

काठमाण्डौ – इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम आजैदेखि लागू हुँदैछ । यस अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका छन् । हिजो मन्त्रालयमा भएको भेटमा उनले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । 

जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताए । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । अहिलेसम्म उनको अवस्था थाहा हुन सकेको छैन । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेका जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम मूल घर भई कञ्चनपुरमा बस्दै आएका विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तगर्त भदौ अन्तिम साता इजरायल पुगेका थिए । गएको असोज २० गते हमास समूहले इजरायलमा गरेको आक्रमणमा उनी बेपत्ता पारिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update