Sagun Khabar
आफू जिवित हुँदै मृत्यु दर्ता गरेर श्रीमतिलाई एकल भत्ता खुवाएपछि ...
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका–३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आफू जिवितै हुँदै आफ्नो मृत्यू दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । उनीहरुले एकल भत्ताबापत ४५ हजार २२० हिनामिना गरेको पाइएको छ । 

महत्तोले निर्मला खत्रीको मिलेमतोमा जीवित श्रीमानको  मृत्यु भएको भन्दै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update