Sagun Khabar
आगलागीबाट चार जनाको मृत्यु 

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

घरमा के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अर्यालले बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update