Sagun Khabar
पिकनिक गएको स्कुल बस दुर्घटना, तीन जनाको मृत्यु 

उदयपुर –उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

मदन भण्डारी राजमार्ग अन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । 

गम्भीर घाइते १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

अन्नपूर्ण विद्यालयको बस त्यहीँका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update