
बैतडी –बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१च००४३ नम्बरको जिप सिगास गाउँपालिका –३ को डुँडै नजिक सोमबार बिहान दुर्घटनामा परेको हो ।
जिपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट करीब तीनसय मिटर तल खसेको छ । जिपमा भने पूर्ण क्षति पुगेको छ ।
ब्रेक फेल भएर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यात्रु लिनका लागि गइरहेको जिप दुर्घटनामा परेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० ११:१२
प्रतिक्रिया दिनुहोस्