Sagun Khabar
श्रीमतीले भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दैलेख – दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ ।

सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update