Sagun Khabar
बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघमा हुने 

बैतडी –बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघमा हुने भएको छ । जिल्ला खेलकुद समितिले एक सूचना जारी गर्दै माघ १५ गतेभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाएको हो । 

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअघि पालिकाहरूमा प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । 

Atrya hospital

स्थानीय तह स्तरीय प्रतियोगिता पुस मसान्तसम्म सकिने र त्यसपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भण्डारीले बताए ।

स्थानीय तहमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने विद्यालयलाई मंसिर १५ गतेसम्म पत्रचार गर्न जिल्ला खेलकुद समितिले यहाँका १० ओटै पालिकालाई पत्र पठाएको छ ।

खेलकुद उत्सवका रूपमा मनाइने प्रतियोगितालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका (संशोधनसहित)२०७० अनुसार गर्न आग्रह गरिएको छ ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते सञ्चालन हुनेछन् । 

प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । गतवर्ष सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो । 

Running shield1701065302.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update