Sagun Khabar
सुनचाँदीको भाउ बढ्यो,अहिलेसम्मकै महँगो

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएकाे हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ ।

यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update