Sagun Khabar
पहाडी क्षेत्रमा हल्का बर्षाको सम्भावना 

काठमाण्डौं –देशका धेरै ठाउँको मौसम धुम्मिएको छ ।

पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update