Sagun Khabar
सुनको भाउ अहिले सम्मकै उच्च : तोलाको १ लाख १९ हजार ३ सय पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।

यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update