Sagun Khabar
बाजुरामा जिप दुर्घटना : एक जनाको मृत्यु 

बाजुरा –बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको  हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जिप दुर्घटना भएको हो । 

बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जिप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परी मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्कीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए ।

जिपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय बसन्त धामी घाइते भएका छन् ।  उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।

चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले बताएको छ । जीप चालक खत्याड गाउँपालिका–९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update