Sagun Khabar
भिरबाट खसेको ढुङ्गा लागेर महिलाको  मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको  मृत्यु भएको छ। बाजुरा  जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको हो।

बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा लागेर बुढीनन्दा नगर पालिकी ३ का  ३७ वर्षीया धर्मा विस्टको मृत्यु भएको  बताइएको   छ । 

नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायका अनुसार बिहिवार बिहान ८ बजे तिर ढुङ्गा लागेर घाइते भएकी विस्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र पुगाउँदै गर्दा मृत्यु भएको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update