Sagun Khabar
बैतडीमा १२ हजार बढी जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए 

भगीरथ अवस्थी–बैतडी, ४ चैत 
बैतडीमा कोरोना भाईरस विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत १२ हजार ७८३ जनाले खोप लगाएका छन् । जिल्लाका ८६ ओटा खोप केन्द्र मार्फत फागुन २३ गतेदेखि चैत ३ गते आज सम्म नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको हो ।

नेपाल सरकारको निर्णय अनुसार दोश्रो चरणमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

दोश्रो चरणमा २१ हजार ६४९ जनालाई खोप लगाउने लक्ष्य रहेको भएपनि ५९ प्रतिशतले मात्रै खोप लगाएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ हजार ८०७, पाटन नगरपालिकामा २ हजार ४१७, पुर्चौंडी नगरपालिकामा १ हजार ९६०, मेलौली नगरपालिकामा ९०७ र दोगडाकेदार गाउँपालिकामा १ हजार ४६३ जना जेष्ठ नागरिकले खोप लगाएका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा १ हजार २९, सुर्नया गाउँपालिकामा ८ सय, शिवनाथ गाउँपालिकामा ६ सय, सिगास गाउँपालिकामा १ हजार र पञ्चेश्वर गाउँपालिकामा ८ सय जेष्ठ नागरिकले खोप लगाएका छन् ।

जिल्लामा पहिलो चरणमा १ हजार ३४५ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए भने सोही चरण अन्तर्गत दोश्रो प्राथमिकतामा रहेका १ हजार ८४५ जनाले खोप लगाएका थिए । कोरोना भाईरस विरुद्धको खोप लगाएका नागरिक त्यस्तो कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाईरस विरुद्धको दुवै चरणको खोप अभियान उत्साहपूर्ण रुपमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update