Sagun Khabar
परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीन जोशीको रिहाइका लागि पहल गर्ने
फाइल फोटो

काठमाण्डौ – परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गरेका छन् । 

मन्त्री साउदले भोलिदेखि कतारमा शुरु हुने दोहा फोरममा सहभागिता जनाउनुकासाथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको रिहाइका लागि पहल गर्ने उनको  सचिवालयले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । यो भेटमा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरिने सचिवालयले जनाएको छ ।

मन्त्री साउदले यसअघि मंसीर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update