Sagun Khabar
बाराको सिम्रौनगढमा झडप : प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु 

बारा – बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा आज बुधवार ज्यान गएको हो ।

झडपका क्रममा प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए । प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको थियो । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रको बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update