Sagun Khabar
सुनको भाउ आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय  रुपैयाँ पुगेको छ  । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update