Sagun Khabar
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास, एकजना पक्राउ 
फाइल फोटो

काठमाण्डौ – धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएको छ । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएको हो ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राको आज १५ औँ दिन हो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update