Sagun Khabar
जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु 

बाँके – बाँकेको कोहलपुरमा जिपको  ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल ओलीको ज्यान गएको हो । 

जिपको ठक्करबाट प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवलदार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जिपको ठक्करबाट प्रहरी जवान ओलीको घटनास्थलमै ज्यान गएको हो । 

ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update