Sagun Khabar
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

बाजुरा –बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रास्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जाँदै गरेको अन टेस्ट ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update