Sagun Khabar
नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन

काठमाण्डौ – नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको छ । १८ दिनअघि बैतडीको झुलाघाटबाट शुरू भएको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको हो ।

चिवाभन्ज्याङमा रहेको नेपाल–भारत सीमा स्तम्भ नजिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरे । कार्यक्रममा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा रहेका विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे ।

स्वास्थ्य सन्देश
Atrya hospital

आफूहरुको अभियानका क्रममा नागरिकले दिएका सल्लाह सुझावलाई मनन गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने ओलीले बताए । यात्राका क्रममा नेता कार्यकर्ता र स्थानीयको कुरा सुन्दा वर्तमान सरकार असफल भएको पाइएको ओलीको दाबी छ ।

उनले प्रचण्ड नेतृत्वको यो सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले नै देशको दरिलो शक्तिका रुपमा स्थापित हुने जिकिर गरे ।

झुलाघाटबाट यात्राको सुरु गरेदेखि १७ दिनसम्म गाडीमा यात्रा गरेका ओली आज भने फिदिमबाट चिवाभञ्ज्याङसम्म हेलिकप्टरमा गएका थिए । मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले गएको मङ्सिर १४ गतेदेखि आजसम्म विभिन्न ¥याली, सभा र भेटघाट गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update