Sagun Khabar
ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–२ खडीगाडमा ट्याक्टर दुर्घटना भएको हो । आइतवार साँझ ५ बजेतिर सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले लु ४ त ७३०५ नम्बरको ट्याक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टर खोलामा परेर चालकसहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका –२ का ३८ वर्षीय देवराज जैशी,३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका –१ का ३५ वर्षीय चन्द्र धामी र गौमुल गाउँपालिका–६ का ३० वर्षीय चालक हिक्मत रोकाया रहेका छन् । 

दुबै ट्याक्टरमा ४÷४ जना सवार रहेका बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update