Sagun Khabar
बारामा बस र ट्रक ठोक्किए, दुवै चालकसहित तीन जनाको मृत्यु  
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उनले बताए । 

घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update