Sagun Khabar
भारतको पलियामा नेपाली महिलामाथि लुटपाट
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –भारतको पलियामा नेपाली महिलामाथि लुटपाट भएको छ । भारतको बैंगलोरबाट नेपाल आउने क्रममा बाँकेको खजुरा गाउँपालिकाकी २२ वर्षीया सजना सुनाइमाथि लुटपाट भएको हो । 

उनीमाथि शुक्रबार बिहान पलियामा लुटपाट भएको सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्रिनगरमा सञ्चालन गरेको सहायता कक्षले सजनाको उद्धार गरेर घर पठाएको छ । उनलाई बाँकेसम्म जाने खर्च दिएर घर पठाइएको हो । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update