बैतडीका एक युवक लागू औषधसहित कञ्चनपुरबाट पक्राउ
बैतडी–बैतडीका एक युवक लागू औषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ उद्योग वाणिज्य संघ नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर ८२ मिलिग्रामसहित बैतडीको दोगडाकेदार गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कोठा गरी बस्ने २० वर्षीय अशोक बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ ११:११
प्रतिक्रिया दिनुहोस्




