Sagun Khabar
कञ्चनपुरमा बसको ठक्करबाट बैतडीका एक जनाको मृत्यु 

बैतडी –कञ्चनपुरमा बसले ठक्कर दिँदा बैतडीका एक जनाको मृत्यु भएको छ । 

बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकबजारस्थित हुलाकी सडकखण्डमा सु.प.प्र ०१–००१ ख ३५४६ नम्बरको बसले बैतडीको मेलौली नगरपालिका–९ रोकटाका ४० बर्षीय भरतबहादुर चन्दलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बस र बसका चालक कैलालीका गोदावरी नगरपालिका–१ डाँडाटोल बस्ने ३१ बर्षीय पुष्कर साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update