Sagun Khabar
बैतडीमा जिल्लास्तरीय आप्रवासी सञ्जाल गठन 

बैतडी–बैतडीमा जिल्लास्तरीय आप्रवासी सञ्जाल गठन भएको छ । 

निड्सले सञ्चालन गरिरहेको सम्मानित युवा श्रम आप्रवासन तथा सुदृढ जिविकोपार्जन परियोजना अन्तर्गत सञ्जाल गठन गरिएको परियोजना संयोजक राजेन्द्र ठगुन्नाले बताए । 

भारतमा काम गर्ने अप्रवासी कामदाहरुको हकहितमा काम गर्ने उद्देश्यले जिल्लास्तरीय आप्रवासी सञ्जाल गठन गरिएको हो । 

कुन्ती भट्टको अध्यक्षतामा गठन भएको सञ्जालको उपाध्यक्षमा जयराम विश्वकर्मा, सचिवमा ललित बोहरा, कोषाध्यक्षमा अञ्जली राना र अन्य सदस्यहरु रहेका छन् । 

सञ्जालले भारतमा काम गर्ने नेपाली अप्रवासी कामदारहरुको हकहितमा पैरवी गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update