Sagun Khabar
रामबहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –रामबहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । 

हात्तीगौंडास्थित घरबाट ३ करोड भन्दा बढी नगद रकम बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । 

बरामद गरिएका नोटहरु ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update