Sagun Khabar
यो बर्षको एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ प्रतिशत अंक ल्याए मात्र पास

काठमाण्डौं –यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए ।

माघको पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक गरिने बताउँदै अध्यक्ष शर्माले संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले  एसईई प्रभावित नहुने उनले बताए ।

जाजरकोट र रुकुम पश्चिमममा नजिकैको अर्को विद्यालयमा केन्द्र सञ्चालन गर्न सकिने भन्दै अध्यक्ष शर्माले परीक्षा एउटै मितिमा हुने बताए । भूकम्पका बेला विद्यार्थीको किताब हराएको भए पनि पुस्तक पठाइसकेको उनको भनाइ छ ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । 

यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update