Sagun Khabar
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार 

बाजुरा –बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको उद्धार गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यत्र रेफर  गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

बडुवालको स्वास्थ्य अवस्था जटील भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत बडुवालको उद्धार गरिएको बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update